नेपालको विज्ञापन एजेन्सी लेमन, एड् स्टार २०१५ को अन्तिम चरणमा

मंगलवार, श्रावन १२, २०७२ साल,

काठमाडौं । नेपाल विज्ञापन संघका सदस्य एजेन्सी लेमनले नेपालको विज्ञापन इतिहासमा प्रवद्र्धनात्मक अभियानलाई अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त एड् स्टार्स कोरियाले आयोजना गरेको प्रतियोगिताको अन्तिम चरणमा पुगेको छ ।

एड् स्टार्स विश्वको अन लाइन र अफलाइन दुवै मिश्रीत पहिलो विज्ञापन महोत्सव हो । सन् २००६ मा प्रारम्भ भएको एड् स्टार्स सिर्जनशीलताको खोजी गर्ने एक त्यस्तो उत्सवहो जहाँ विश्वभरबाट उपलब्ध विविध सिर्जनशील खोजहरुको एक आपसमा आदान प्रदान हुने गर्दछ ।

विश्वभरबाट प्राप्त १७,६९८ प्रवेशहरु मध्येबाट यस वर्ष डाबर नेपालको रियल स्कूल अफ नेपाल (एड् स्टार्सको एकिकृत प्रचार अभियान समुहमा प्रवेश पाएको) ले ६७ देशका १९३ जना निर्णायकहरुद्वारा गरिएको कठोर छनौट चरण पार गर्दैअन्तिम चरणमा स्थान पक्का गर्न सफल भएको हो ।

रियल स्कूलअफ नेपाल राष्ट्रिय स्तरको विद्यालय स्तरीय प्रतियोगीता हो । विद्यार्थीहरुले उनीहरुको प्रतिभा, आत्मविश्वास, बौद्धिक क्षमता र समुहगत कार्यको संगठित प्रदर्शन गर्ने गर्दछन् ।  सन् २०१२ देखि यसको आरम्भ गरिएसँगैं सबैभन्दा ठूलो विद्यालय स्तरीय प्रतियोगीता बन्न पुगेको छ । विद्यालयहरु आफ्नो सहभागीता जनाउन उत्सुक रहने गरेका छन् । यो प्रतियोगीता नेपालको नम्बर एक जुस ब्राण्ड रियलको निर्माताएवं बजार प्रवद्र्धक बहुराष्ट्रिय कम्पनी डाबर नेपालको गौरवमय पहिचान बनिसकेको छ ।

विज्ञापन अभियानले प्राप्त गरेको उपलब्धि प्रतिखुशी व्यक्त गर्दै डाबर नेपालका प्रमुख बजार व्यवस्थापक श्री अभय प्रसाद गोर्खालीले भने “रियल स्कूलअफ नेपालको सफलताको आधार भने कै विद्यालयका बालबालिकाहरुमा रहेको प्रतिभालाई उजागर र प्रोत्साहन गर्न डाबरले निर्वाह गरेको बलियो भूमिका हो र यसप्रकारको अन्तर्राष्ट्रिय मान्यताले गर्दा हाम्रो कार्य क्षमताको स्तर अझ उठाउनमा मद्दत मिल्नेछ ।”

लेमनले निरन्तर रुपमा डाबर नेपाल लगायत अन्य ख्याति प्राप्त स्वदेशी र बहुराष्ट्रिय संस्थाहरुका साथ काम गरिरहेको छ । आउटरिच नेपाल समुहको अन्र्तगत अनुभव संगालेको लेमन हाल प्रवद्र्धनात्मक कार्यक्रमहरु आयोजना गर्नेे एक प्रमुख कम्पनीको रुपमा स्थापित भईसकेको छ । आउटरिच नेपाल गएको वर्ष एड् स्टार्सको अन्तिम चरणमा छनौट हुने नेपालको पहिलो विज्ञापन एजेन्सी बनेको थियो ।

अभियानले अन्तिम चरणमा स्थान सुरक्षित गरेकोमालेमनका योजना प्रमुख श्री समीर प्रधानले भने “यो हाम्रो लागि अत्यन्त गौरव र प्रतिष्ठाको विषय हो र मलाई आशा छ, २०१५ अगष्ट २०–२२ मा बेक्स्कोमा सम्पन्न हुने एड् स्टार्सको अन्तिम चरणको प्रतिस्पर्धामा यस अभियानले एउटा सुनौलो इतिहास रच्नेछ ।”

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411