​सुन तोलाको ५० हजार दुईसय रुपैयाँमा कारोबार, चाँदी पनि सस्तो

बिहीवार, आषाढ ३१, २०७२ साल,
काठमाडौं । सुनको भाउ चार महिनायताकै न्यून विन्दूमा झरेको छ । विहीबार सुन प्रतितोला ५० हजार दुईसय रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य गत चैत १ गतेपछिकै न्यून हो । चैत १ गते सुन तोलाको ५० हजार तीनसय रुपैयाँ तोलामा किनबेच भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलाको ५२ हजार पाँच सय रुपैयाँ थियो । बुधबारको तुलनामा विहीबार सुनको भाउ तोलाको तीनसय रुपैयाँ सस्तो भएको हो ।

चाँदीको मूल्य पनि निकै तल झरेको छ । विहीबार चाँदी प्रतितोला ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा किनबेच भएको थियो । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411