​गरिमा र निलगिरी विकास बैंक गाभिए

मंगलवार, आषाढ २९, २०७२ साल,
पोखरा । पोखराका दुई विकास बैंक मर्ज भएर एकिकृत रुपमा कारोबार शुरु गरेका छन् । पोखरामा प्रधान कार्यालय रहेको गरिमा विकास बैंक र म्याग्दीमा प्रधान कार्यालय रहेको निलगिरी विकास बैंक गाभिएर राष्ट्रिय स्तरको गरिमा विकास बैंक बनेर एकिकृत कारोवार मंगलवारबाट शुरु गरेका छन् । 
 
मर्जरपछि बनेको गरिमा विकास बैंकको केन्द्रिय कार्यालय पोखरा नै रहने छ । मंगलवार एक कार्यक्रमको आयोजना गर्दै नेपाल राष्ट्र बैंक पोखराकी निर्देशक निलम तिमिल्सिनाले एकिकृत कारोवारको शुभारम्भ गरीन् ।
 
म्याग्दी सहित तीन जिल्ला कार्यक्षेत्रको अनुमति पाएको निलगिरी र १० जिल्ला कार्यक्षेत्र रहेको गरिमाको मर्जर पछि २५ शाखाबाट सेवा दिने बैंकका कार्यकारी अधिकृत गोविन्द्र ढकालले जानकारी दिए । बैंकको चुक्ता पूँजी ७१ करोड १० लाख रुपैया, निक्षेप ६ अर्व २० करोड तथा कर्जा लगानी ५ अर्व ५० करोड रुपैया पुगेको ढकालले जानकारी दिए ।
 
बैंकको कुल ग्राहक संख्या एक लाख १० हजार, संस्थापक शेयरधनी ८५ जना र कर्मचारी २ सय जना पुगेका छन् । मर्जरपछि बैंकको अध्यक्षमा दिलिप प्रताप खाण रहेका छन् भने ८ जनाको सञ्चालक समितिमा निलगिरीबाट ३ तथा गरिमाबाट ५ जना रहेको ढकालले जानकारी दिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411