​शेयर बजार २ दशमलब ४ अंकले बृद्धि, २५ करोडको कारोबार

मंगलवार, आषाढ २९, २०७२ साल,
काठमाडौं । आज सेयर बजारमा सुधार देखिएको छ। समग्र सेयर बजारमा २ दशमलव ४ अंकको सुधार आएको छ। बीमा उपसमूहबाहेक अन्य सबै उपसमूह उकालो लागेका छन्। हाइड्रोमा २५, उत्पादनमा ४९ तथा होटल उपसमूह १८ अंकले बढेका छन्। अन्य उपसमूहमा भने थोरै अंकको घटबढ रह्यो। 
 
आज कूल १ सय ४१ कम्पनीको ९ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको छ। ति सेयरहरुबाट २५ करोड ९५ लाख रुपैयाँ बराबरको कारोवार भएको छ। प्रभु बैंकको संस्थापक सेयरको मात्रै ७ करोड बढीको कारोवार भएको छ।
 
त्यस्तै छिमेक लघुवित्त विकास बैंकको सवा दुई करोड र माउन्ट मकालु डेभलपमेन्ट बैंकको १ करोड बढीको सेयर कारोवार भएको छ। नयाँ नेपाल लघुवित्त तथा सेती फाइनान्सका लगानीकर्ताले क्रमशः १० र ९.७ प्रतिशतको उच्च सेयर नाफा कमाए। प्रतिशतको हिसावमा सिटी डेभलपमेन्ट र कन्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले उच्च सेयर मूल्य गुमाएका छन्। 
 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411