नयाँ वर्षको बजेट ८ खर्ब ८ अर्ब १९ करोड

मंगलवार, आषाढ २९, २०७२ साल,

काठमाडौं । मन्त्रिपरिषदको भर्खरै सम्बन्न बैठकले आगामी आर्थिक वर्षका लागि ८ खर्ब ८ अर्ब १९ करोडको बजेट पारित गरेको छ । मन्त्रिपरिषदबाट पारित भएको बजेट वक्तव्य केहीबेरमा अर्थमन्त्रीले व्यवस्थापिका संसदको बैठकमा प्रस्तु गर्दैछन् ।

सरकारले प्रत्येक निर्वाचन क्षेत्रलाई दिँदै आएको १ करोड रुपैयाँ आगामी आर्थिक वर्षदेखि बढाउने निर्णय गरेको छ । त्यस्तै प्रत्येक सभासदले पाउने १५ लाख रुपैयाँको सिलिङ समेत बढाइएको छ ।

आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले तयार पारेको बजेट मन्त्रिपरिषदको बैठकले भर्खरै पारित गरेको छ ।
सभासदहरुले निर्वाचन क्षत्रेका लागि पाँच करोड माग्दै आएकोमा १ करोड ५० लाख रुपैयाँ पाउने भएका छन् । चालु आर्थिक वर्षमा उनीहरुले १ करोड पाएका थिए ।

त्यस्तै प्रत्येक सांसदले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ निर्वाचन क्षेत्र विकासका लागि पाउँदै आएकोमा अब पाँच लाख थपेर २० लाख पाउने भएका छन् ।

सरकारले तयार पारेको बजेट विगतको भन्दा ठूलो आकारको भए पनि साधारणतर्फको खर्च अधीक छुट्याइएको छ । साधारण तर्फको खर्च ४ खर्ब ८४ अर्ब २६ करोड छुट्याइएको छ । यो रकम भनेको ५९।९२ प्रतिशत हो ।

विकासतर्फ २ खर्ब ८ अर्ब ८७ रुपैयाँ छुट्याइएको छ । यो रकम भनेको कुल बजेटको २५.८४ प्रतिशत हो । १४.२४ प्रतिशत वित्तीय व्यवस्थापन खर्च छुट्याइएको छ ।

सरकारले पुनर्निमाणलाई दोस्रो प्राथमिकतामा राखेको छ । पहिलो प्राथमिकतामा शिक्षालाई राखिएको छ, जसमा १ खर्ब बजेट छुट्याइएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411