​युरोजोन र ग्रिसबीच सम्झौता

सोमबार, आषाढ २८, २०७२ साल,
ब्रसेल्स । ग्रिसलाई उपलव्ध गराइने ऋण सहयोगको विषयमा लामो वार्तापछि युरोजोनका नेताहरु सहमतीमा पुगेका छन् । युरोपेली संघका अध्यक्ष डोनाल्ड टस्कले नेताहरु ऋण सहयोगको विषयमा भएको छलफलमा राजी भएको बताएका छन् ।

यसको अर्थ ग्रिसलाई दिइने सहयोगले निरन्तरता पाउने उनले बताए । “युरोजोनबाट ग्रिसको बहिर्गमन हुनेछैन,” ग्रिसले युरो छोड्ने विषयलाई उल्लेख गर्दै युरोपेली आयोगका प्रमुख जीन क्लाउडे जंकरले बताए । अब ग्रिसले युरोजोनले राखेको सुधारको माग बुधबारसम्म पारित गर्नुपर्नेछ ।

प्रधानमन्त्री एलेक्सिस सिपरासले ग्रिसले कठिन लडाइ लडेको र ऋण पुनर्संरचनाको विषयमा जीत हासिल गरेको बताएका छन् । यसले समग्र युरोपमा आफ्नो इज्जत बढेको संकेत दिएको उनले बताए । सम्झौता कठिन भएको उनले बताए । “हामीले वित्तीय रुपमा घाटि दबाउने अवस्थालाई हटाउन सफल हुनुका साथै बैंकिङ प्रणाली धरासायी हुनबाट जोगाउन सफल भएका छौं,” उनले बताए ।

अर्थ मन्त्रीहरुको युरोजोन समूहका प्रमुख जेरोइन डिसेब्लोमले सहमतीमा ग्रिस आधारित सम्पत्ति कोषको ५० अर्ब युरोपनि समावेश छ । यो मध्ये २५ अर्ब ग्रिसका बैंकहरुलाई पुनः पुँजीकरण गर्नका लागि प्रयोग गरिने उनले बताए । तर नयाँ ऋण सहयोगको विषयमा युरोजोनका कतिपय मुलुकको संसदले पारित गर्न भने बाँकिनै छ । “लामो समय लाग्न सक्छ । आज रातीबाटनै यसको कठिन मूल्यांकन हुन सक्छ,” जर्मन चान्सलर एंगेला मर्केलले सोमबार बिहान बताइन् ।

ग्रिसलाई नयाँ ऋण सहयोग दिने वा नदिने भन्ने विषयमा ब्रसेल्समा झन्डै १७ घन्टा लामो वार्ता भएको थियो । रातीको समयमा पनि वार्ता भएको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषले राखेको प्रस्तावमा ग्रिस केही समय अडिएको थियो । एजेन्सी

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411