​सेयर बजारमा २१ करोडको कारोबार, शुन्य दशमलब ९६ अंकले घट्यो

सोमबार, आषाढ २८, २०७२ साल,

काठमाडौं । सेयर बजारमा विभिन्न १ सय ४३ कम्पनीको २१ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ। कूल ५ लाख २७ हजार ३ सय ८० कित्ता सेयरको १ हजार ३ सय ४० पटक कारोवार भएको थियो। 
 
कारोवारको अन्तिम समयमा आउँदा केही सम्हालिएपछि सेयर बजारको गिरावट नियन्त्रण हुन पुगेको थियो। कारोवार बन्द हुने समयसम्म आइपुग्दा समग्र सेयर परिसूचकमा जम्मा शून्य दशमलव ९६ अंकको मात्रै गिरावट रह्यो। 
 
हाइड्रो र होटल उपसमूहले ६ दशमलव ७ तथा ५ दशमलव ८ अंक गुमाएका छन्। उत्पादन, फाइनान्स र अन्य उपसमूह झिनो अंकमा हरियो बत्तिमा रहे भने अन्य उपसमूह पनि झिनो अंकको रातो अंकमा रहे। 

नयाँ नेपाल लघुवित्त विकास बैंकका सेयरकर्ताले १० प्रतिशत बढी सेयर मूल्य कमाएका छन् भने काबेली विकास बैंकका लगानीर्ताले पनि साढे ९ प्रतिशत बढी सेयर मूल्य कमाएका छन्।
 
शुभेच्छा विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५र५ प्रतिशत सेयर मूल्य गुमाएका छन्। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411