​शहरमा जनसंख्याको चापसँगै गरीब र सुकुम्बासी बढे

सोमबार, आषाढ २८, २०७२ साल,
काठमाडौं । मानिसहरु गाउँमा दुःख पाइयो भन्दै सहर छिर्ने गर्छन् । नेपालको कूल जनसंख्याको ५३ लाख मानिसहरु सहरमा बस्छन् । तर, शहरहरुको हालत खराब हुन थालेको यस वर्षको आर्थिक सर्वेक्षणले देखाएको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार शहरमा सुकुम्बासी एवं गरीवीको समस्या विगतमा भन्दा बढ्न थालेको छ । फोहोरमैला व्यवस्थापन, खानेपानी, विजुली लगायतका समस्याहरु गाउँमा भन्दा शहरमा विकराल बन्न थालेका छन् ।

देशकै राजधानी काठमाडौंसहितका शहरहरुमा सरसफाइ र फोहोर व्यवस्थापनको अवस्था निकै नाजुक रहेको छ । आर्थिक सर्वेक्षण २०७१/७२ का अनुुुसार कुल जनसंंख्याको १९ प्रतिशत अर्थात ५३ लाखभन्दा बढी मानिस शहर क्षेत्रमा बस्छन् र तीमध्ये धेरै मानिसहरु उपत्यकामा केन्द्रित छन् ।

तर, शहरी क्षेत्रमा खानेपानी, सरसफाइ, फोहोर व्यवस्थापन, आवास, यातायात र उर्जाका स्थिति कमजोर छ । आर्थिक सर्वेक्षणका अनुुुुसार शहरी घरपरिवार ५६.१ प्रतिशतको मात्र सरसफाइ प्रणालीमा पहुँच छ । ८८.२ प्रतिशत घर परिवारमा शौचालय छ भने १ सय ९१ नगरपालिका मध्ये ६ वटामा मात्र व्यवस्थित ल्याण्डफिड साइटहरु छन् । ५ वटा नगरपालिकाले मात्र फोहोर नियन्त्रणको व्यवस्थापन गर्ने गरेका छन् ।

शहरी क्षेत्रहरुमा पिउने पानीको गुणस्तर र मात्रा दुबै अपर्याप्त छ । २०१७ सम्ममा सबैका लागि खानेपानीको सहस्राब्दि विकास लक्ष्य पुरा गर्न प्रतिवर्ष ७.५ अर्ब लगानी गर्नु पर्ने आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

शहरी क्षेत्रको १० प्रतिशत जनसंख्या त सुकुम्बासी नै रहेको सरकारी अनुमान छ । सुरक्षित र भरपर्दो आवासको अभावमा सुकुम्बासी बस्तीहरु बृद्धि भइरहेको छ ।

शहरी क्षेत्रम यातायात पनि अपुग र अकुशल रहेको सरकारले स्वीकार गरेको छ । औसत सकड घनत्व ३.२६ प्रति वर्ग किमी छ, जुन कुसल शहरी गतिशीलता र ग्रामिण(शहरी साझोरी सम्बन्धको प्रवर्द्धन गर्न एकदमै न्यून हो । उर्जाको आपूर्ति अर्को समस्या छ । विद्युतको माग बाषिर्क ९ प्रतिशतले बढेको छ ।

शहरी क्षेत्रहरुको भौतिक, प्राकृतिक र सामाजिक वातावरणीय क्षेत्रको अवस्था पनि नाजुक छ । अनियन्त्रित भूमि अतिक्रमणले खुला क्षेत्रहरु साँघुरिँदै गएका छन् । खुलाक्षेत्रको अनुपात काठमाडौंमा शुन्य दशमलव ४८ र ललितपुरमा शुन्य दशमलव ०६ प्रतिशत रहेको आर्थिक सर्वेक्षणले देखाएको छ ।

शहरी क्षेत्रमा गरिबी बढ्दो छ । सन् २००३/०४ मा शहरी जनसंख्याको झण्डै १० प्रतिशत गरिबीको रेखामुनी रहेकामा २०१०/११ मा यो बढेर १५ प्रतिशत पुगेको अनुमान छ । तर, शहरी क्षेत्रहरुबीच भएको गरिबीको तथ्यांकमा ठूलो अन्तर छ । पोखरामा १ं३ प्रतिशत मात्र छ ।

शहरी घरपरिवारले प्राप्त गर्ने रेमिट्यान्स ९बिप्रेसण० कुल बिप्रेसण आयको करिब १५ प्रतिशत छ । काठमाडौं सबैभन्दा धेरै रेमिट्यान्स प्राप्त गर्ने क्षेत्रमा पर्छ । रामग्राम, विराटनगर र जनकपुरले तराईमा धेरै रेमिट्यान्स भित्र्याउँछ ।

सरकारी तथ्यांकअनुसार काठमाडौं उपत्यका, बिराटनगर र शहर उन्मुख क्षेत्र तथा वीरगञ्ज आसपासका क्षेत्रमा उत्पादनमूलक उद्योगहरु केन्द्रित छन् । उपत्यकाले शहरी उत्पादनले दिने रोजगारीमा ४० प्रतिशत योगदान गरेको छ भने बिराटनगरले १७ र शहर उन्मुख क्षेत्र तथा वीरगञ्ज आसपासका क्षेक्रले १५ प्रतिशत रोजगारी दिएको छ ।

तर, उत्पादनमूकल रोजगारीमा आधा जति गैरनगरपालिका क्षेत्रमा पर्छन् । कूल औद्योगिक उत्पादनको ६० प्रतिशत श्रममा आधारित उत्पादनले ओगटेको छ ।

५८ नगरपालिका क्षेत्रमा पूर्वाधारमा न्यूनतम पूर्ति गर्न ३२२ अर्ब लगानी आवश्यक रहेको सरकारी अनुमान रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ, गत आर्थिक वर्षमा सरकारले ५८ नगरपालिका थपेर १९१ पुर्‍याएकाले यो रकम अझ बढ्नेछ ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411