​उद्योग मन्त्री बस्नेतद्धारा सीमटीभी अवलोकन, १० लाख ग्राहक पुर्‍याउने लक्ष्य

आईतवार, आषाढ २७, २०७२ साल,
काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले सिम्पल मिडिया नेटवर्क (सीमटीभी नेपाल)को अवलोकन गरेका छन् । शुक्रबार चाकुपाटस्थित कम्पनीको मुख्य कार्यालय अवलोकन गर्दै उनले नेपालको सञ्चार उद्योग सरकारी प्राथमिकतामा परेको बताए ।

मन्त्री बस्नेतले विदेशी लगानी आर्कषित गरी नेपालमा रोजगारी सिर्जना गरेकोमा सिमटीभीलाई धन्यवाद दिएका छन् । उनले डिजिटल नेपाल बनाउन आफ्नो प्रतिवद्धता रहेको बताए ।

विदेशी च्यानलहरुमा बज्दै आएका विज्ञापनहरुमा ‘क्लिन फिड’ तत्काल लागु गर्दा सरकारले बढी राजश्व लिनसक्ने बताउँदै मन्त्री बस्नेतले सरकारले नेपाली उद्योगहरुलाई प्रशस्त अवसरहरु दिएकोले कर छल्न आर्कषित हुनुपर्ने आवश्यकता नभएको बताए ।

‘एनालग प्रविधिमा टेलिभिजन संचालन हुँदा राजश्व छली हुन्छ’ मन्त्री बस्नेतले भने( ‘डिजिटल प्रविधिमा जाँदा अहिलको भन्दा ६ गुणा बढि राजश्व प्राप्त हुनेछ ।’

सीम टीभीका प्रवन्ध निर्देशक एमके पौडेलले डिजिटल प्रविधिको पहुच बढाउन देशभर सेट(टप बक्स निशुल्क वितरण गरिएको बताउँदै ग्राहक संख्या र राजश्वमा सरकारले मिनेटभर सबै जानकारी लिन सक्ने बताए ।

पाँच देश ९ताइवान, जर्मनी, जापान, स्विडेन, हङकङ० को संयुक्त लगानीमा सञ्चालित कम्पनीमा अर्बौं लगानी छ । आगामी आर्थिक वर्षको अन्त्यसम्म १० लाख ग्राहक पुर्‍याउने लक्ष्य रहेको प्रवन्ध निर्देशक पौडेलले बताए ।

स्पेश टाइम्सका प्रवन्ध निर्देशक ज्याकी शाहले एनालग प्रविधिमा एउटा घरमा लाइन तानेर ४ वटा सम्म टेलिभिजन हेर्ने गरेकोमा अव डिजिटलमा जाँदा चारवटै टिभिबाट राजश्व उठ्ने बताए ।

राजश्व र गुणस्तर दुवै हिसावले एनालगबाट डिजिटलमा जानुपर्ने नेपालको अहिलेको आवश्यकता भएको बताए । हाल कम्पनीका ६० हजार भन्दा धेरै ग्राहक छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411