मेट्रो बैंकको हकप्रद साउन १४ गतेदेखि, लगानीकर्ताले २०:३ को दरले पाउने

आईतवार, आषाढ २७, २०७२ साल,

काठमाडौं । मेट्रो डेभलपमेन्ट बैंकले २० कित्ता बराबर तीनको दरले हकप्रद जारी गर्ने भएको छ । आगामी साउन १४ गतेदेखि हकप्रद निष्कासन गर्ने जानकारी बैंकले दिएको छ । 

बैंकले २० कित्ता सेयर हुनेलाई तीन कित्ताका दरले हकप्रद दिन लागेको हो । बैंकले दुई लाख ७८ हजार पाँच सय चार कित्ता सेयर निष्कासन गरेको हो । २०६६ साल पुस एक गतेदेखि कारोबार सुरु गरेको यो डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्कासन पछि चुक्ता पुँजी २१ करोड ३५ लाख २० हजार ४० रुपैया पुग्नेछ । 
 
पोखरामा मुख्य कार्यालय रहेको यो डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले यस वर्ष २४ लाख रुपैयाँ खुद नाफा गर्ने लक्ष राखेको छ । 
 
बैंकले हकप्रद निष्कासनबाट प्राप्त पुँजीको ६० प्रतिसत अर्थात एक करोड ६७ लाख १० हजार रुपैयाँ कर्जा प्रवाहमा, २० प्रतिसत लगानी गर्न र तरलता कायम गर्न २० प्रतिसत उपयोग गर्ने जनाएको छ 
 
लगानीकर्ताले एनसिएम मर्चेन्ट बैंकिङ कमलपोखरी र मेट्रो डेभलपमेन्ट बैंकका सबै शाखाबाट हकप्रदको आवेदन दिन सक्नेछन् । भदौ १६ गतेसम्म हकप्रद खुला हुनेछ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411