साताको पहिलो दिन सेयर बजार झिनो अंकले वृद्धि,

आईतवार, आषाढ २७, २०७२ साल,
काठमाडौं । साताको पहिलो दिन सेयर बजार १ दशमलव ५ ले उकालो लागेको छ। कारोवारको अन्तिम समयमा आउँदा विकास बैंक र हाइड्रो कम्पनीका सेयरको माग बढ्न थालेपछि समग्र नेप्सेमा सकारात्मक प्रभाव परेको हो। ति उपसमूह क्रमशः १० र १४ अंकले बढेका छन्। त्यस्तै उत्पादन उपसमूह पनि १५ अंकले बढेको छ। बैंक, व्यापार र होटल उपमसमूह भने यस दिन रातो अंकमा रहे। 
 
सेयर रकमका आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो। उसको ४ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। त्यस्तै एभरेष्ट बैंक, छिमेक लघुवित्त विकास बैंक र चिलिमे हाइड्रोको पनि १ करोडभन्दा बढी रकमको सेयर कारोवार भयो। 
 
श्री इन्भेष्टमेन्ट फाइनान्स तथा ज्योति विकास बैंकका सेयर लगानीकर्ताले प्रतिशतका आधारमा धेरै मूल्य चुकाएका छन्।  

लघुवित्त तथा माइक्रोफाइनान्सका लगानीकर्ताहरुले बढी नाफा कमाएका छन्। फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र मिथिला लघुवित्त विकास बैंकका सेयर लगानीकर्ताले १० प्रतिशत सेयर नाफा कमाएका छन्। त्यस्तै लक्ष्मी लघुवित्त र समिट माइक्रोफाइनान्सका सेयर लगानीकर्ताले पनि उच्च सेयर मूल्य कमाएका छन्। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411