​परपुरुषलाई फ्लाइङ किस गरेको भन्दै श्रीमतीको हत्या

शुक्रबार, आषाढ २५, २०७२ साल,
उत्तर प्रदेश । परपुरुषलाई फ्लाइङ किस गरेको भन्दै एक पुजारीले श्रीमतीको हत्या गरेका छन् । घटना भारतको उत्तर प्रदेश स्थित कानपुरको हो । 
 
प्रहरीका अनुसार उनले श्रीमतीको कैची प्रहार गरेर हत्या गरेका हुन् । हत्या १५ दिनअघिको भएपनि शुक्रबार मात्रै प्रहरीले घटना सार्बजनिक गरेको हो । 

 कानपुरको गोविन्दनगर इलाकामा बस्दै आएका पुजारी शिव प्रकाशले छिमेकी एक युवकसँग श्रीमतीको सम्बन्ध रहेको आशंकामा हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । 
 
प्रहरीका अनुसार श्रीमतीले छिमेकी युवकलाई फ्लाइङ किस गरेको पुजारीले देखेका थिए । श्रीमतीको त्यस्तो व्यवहार देखेर आक्रोशमा कैचीले घोपेर हत्या स्विकारेको समाचारमा जनाइएको छ ।  एजेन्सी 

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411