नीति तथा कार्यक्रममाथि संसदमा छलफल शुरु, सभासद्द्धारा संशोधन प्रस्ताव प्रस्तुत

शुक्रबार, आषाढ २५, २०७२ साल,

काठमाडौँ । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममा विभिन्न पार्टीका सांसदहरुले संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । 

सभामुख सुवास नेम्वाङको अध्यक्षतामा शुरु भएको सो बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सरकारको आव २०७२÷७३ को नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा एकीकृत नेकपा ९माओवादी०का प्रमुख सचेतक गिरिराजमणि पाखेरेलले नीति तथा कार्यक्रम बजेटको प्रतिबिम्बका रुपमा आउने हुँदा यसले भूकम्पको विपद्बाट उत्पन्न अवस्थालाई पुनःनिर्माण तथा पुनःस्थापना गर्न नसक्ने बताए । उनले नीति तथा कार्यक्रम राजनीतिक सहमति र सहकार्यबाट नआएको तर शिक्षा र स्वास्थ्य नीति सकारात्मक रहेको टिप्पणी गर्दै संशोधन प्रस्ताव प्रस्तुत गरेका हुन् । 

थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहितले नीति तथा कार्यक्रम धनीलाई अझ धनी बनाउने र गरिबलाई अझ गरिब बनाउनेखालको भएको आरोप लगाउँदै कार्यक्रमले थारु, आदिवासी, जनजाति र हलियाका समस्यालाई सम्बोधन गर्नेखालको नभएको बताए । तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जङ्गीलाल रायले मधेसको भावनालाई नीति तथा कार्यक्रमले पूरै उपेक्षा गरेको हुँदा आफ्नो पार्टीले यसलाई समर्थन गर्न नसक्ने भन्दै आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् ।
 
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद सुशीलकुमार श्रेष्ठले आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गर्दै राष्ट्रिय चुनौतीलाई  सरकारको नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसक्ने उल्लेख गर्दै आफ्नो पार्टीको संशोधन प्रस्ताव प्रस्तुत गरे । खुम्बुवान राष्ट्रिय मोर्चाका सांसद रामकुमार राईले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका दलहरुसँग छलफल गरी नीति तथा कार्यक्रम आएको भए राम्रो हुने बताउँदै यसलाई संशोधन गर्न माग गरेका छन् ।   

राष्ट्रिय जनमोर्चाका सांसद मीन पुन र नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापा मगरले पनि नीति तथा कार्यक्रममा संशोधन प्रस्तुत गरेका थिए । रासस

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411