प्रुडेन्सियल इन्स्योरेन्सले ५:१ अनुपातमा ५ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गर्दै

शुक्रबार, आषाढ १८, २०७२ साल,
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले साउन ५ गतेबाट ५ हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५ लाख ४० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

कम्पनीले पाँच कित्ता सेयर बराबर एक कित्ता सेयर दिन लागेको हो । अहिले कम्पनीको चुक्तापूँजी २७ करोड रुपैयाँ छ । हकप्रद सेयर जारीपछि कम्पनीको चुक्तापुँजी ३२ करोड ४० लाख रुपैयाँ पुग्ने छ । कम्पनीमा संस्थापक सेयरधनीहरुको ८० प्रतिशत तथा सर्वसाधरण र कर्मचारीको गरी २० प्रतिशत लगानी रहेको छ ।

कम्पनीको सेयरको निस्कासन तथा विक्रि प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411