​नेप्से करिब ७ अंकले घट्यो, उत्पादन समूह बाहेक सबै घटे, कारोबार रकम समेत घट्यो

बिहीवार, आषाढ १७, २०७२ साल,
काठमाडौं । आज विहिबार नेप्से पुन ओरालो लागेको छ । अघिल्लो कारोबारमा ३३५ अंकले घटेको नेप्से विहिबार ६ दशमलव ८२ अंकले घटेको छ ।

बजार खुलेदेखि नै ओरालो लागेको नेप्से बजार बन्द हुदा ९ सय ३८ दशमलव ९६ अंकमा रोक्कीएकोे हो । विहिबार सेयरबजारमा १३१ कम्पनीका ४ लाख १४ हजार २ सय ४० कित्ता सेयर २१ करोड २६ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएका छन । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम समेत ७ करोड बढीले घटेको छ ।

उत्पादनमूलक समूह बाहेकका अन्य सबै समूह रातो भएपछि नेप्से ओरालो लागेको हो ।

सबैभन्दा बढी विमा समूहको सूचक ४३.०४ अंकले घटेको छ । त्यस्तै जलविद्यूतको २८.६३ , होटलको ९.९८ , बैंकिङतर्फ ६.७६ , अन्यको ३.५२ , फाइनान्सको १ं.५८ र विकास बैंक समुहको सूचक ०.३९ अंकले घटेको छ । उत्पादन समूहको परिसुचक भने २.५६ अंकले बढेको छ ।

विहिबारको कारोबारमा शुभेच्छा विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन भने सिद्धार्थ बैंक लिमिटेडका प्रोमोटरहरुले सबैभन्दा बढी गुमाएका छन

लाइफ इन्स्योरेन्स कर्पोरेसनको सबैभन्दा बढी १ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा चार कम्पनीको करोड भन्दा बढीको कारोबार भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411