नेप्से ३ अंकले घट्यो, उत्पादन र होटल समूह बाहेक सबै घटे, कारोबर २८ करोड रुपैयाँ

बुद्धबार, आषाढ १६, २०७२ साल,
Nepal Stockकाठमाडौं । सेयर बजारमा कारोबार भएकामध्ये बैंकिङ र अन्य समूहको सुचक नकरात्मक भएपछि बुधबार सेयर बजार सुचक नेप्से ओरालो लागेको छ । संविधानको मस्यौदा जारी भएसँगै लगात्तार उकालो लागेको नेप्समा ३.३५ अंकको गीरावट आएको छ ।

बजार खुलेको केही समय बढेको नेप्से बजार बन्द हुदा ९ सय ४५ अंकमा झरेको हो । बुधबार सेयरबजारमा १३० कम्पनीका ४ लाख २७ हजार १ सय ४१ कित्ता सेयर २८ करोड रुपैयाँ बराबरमा खरिदबिक्री भएका छन ।

उत्पादनमूलक र होटल समूह सूचक बढेका छन भने अन्य सबै समूहका सूचक घटेका छन । सबैभन्दा बढी जलविद्यूत समूहको सूचक १४ अंकले घटेको छ । त्यस्तै बैंकिङतर्फ ४ दशमलव ८९, बीमा, १ दशमलव ८९, विकास बैंक १ दशमलव २१, अन्य १ दशमलव १८ र फाइनान्स समुहको सूचक ० दशमलव १३ अंकले घटेको छ । उत्पादन तथा होटल समुहको परिसूुचक भने क्रमशः ० दशमलव ८४ र १४ दशमलव ९७ अंकले बढेको छ ।

बुधबारको कारोबारमा हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन भने सिद्धार्थ बैंक लिमिटेडका प्रोमोटरहरुले सबैभन्दा बढी गुमाएका छन

लाइफ इन्स्योरेन्स कर्पोरेसनको तीन करोड ३७ लाख, नेपाल लाइफको दुई करोड ८३ लाख, नेशनल लाइफको एक करोड ९८ लाख, एभरेष्ट बैंकको एक करोड ६१ लाख, एनबी बैंकको एक करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411