अपि हाइड्रोको ३० करोडको साधारण सेयर, आवेदन खुल्ने असार २४ गतेदेखि

बुद्धबार, आषाढ १६, २०७२ साल,
Api Ipoकाठमाडौं । अपि हाइड्रोपावर कम्पनीले यही असार २४ गतेदेखि ३० करोड रुपैयाँ बराबरका प्रतिकित्ता सय रूपैयाँ अंकित दरका ३० लाख कित्ता  साधारण सेयर निष्काशन गर्ने भएको छ । निष्काशन गरेको उक्त सेयर छिटोमा असार २८ गते ढिलोमा साउन ७ गते बिक्री बन्द हुनेछ ।

कम्तीमा ५० कित्ता देखि बढीमा १००० कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना कर्मचारीहरुलाई निस्काशित सेयरको ३ प्रतिशत छुट्याएको छ ।

कम्पनीले जारी गर्ने साधारण सेयरको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट छ । आवेदकहरुले एनआइबिएलका देशभर रहेका ४५ शाखा, अपि पावर कम्पनीको थापाथलीस्थित ट्रेड टावरमा रहेको कर्पोरेट कार्यालय र जनता बैंकका जुनसुकै शाखामा आवेदन दिनसक्ने छन् । 


दार्चुलाको नौगाढ खोलामा निर्माण भइरहेको आयोजनाको विद्युत उत्पादन क्षमता साढे ८ मेगावााट हो । यो परियोजनाले लगानीकर्तालाई वाषिर्क २० प्रतिशतका दरले प्रतिफल दिने कम्पनीको दावी छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये ६० करोड रुपैयाँ प्रवर्द्धकहरुले चुक्ता गरिसकेको छन भने गत माघ १९ गते स्थानीयबासीबाट सेयर जारी गरी १० करोड रुपैयाँ उठाइसकिएको छ । ३० करोड सर्वसाधारणबाट उठाउन लागिएको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411