अध्यक्षका प्रत्यासी राजकर्णिकारले उम्मेदवारी फिर्ता लिए, राणाले पनि मुरारकालाई समर्थन गर्ने, मुरारका अध्यक्ष

मंगलवार, आषाढ १५, २०७२ साल,
Pashupati Murarkaकाठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा पशुपति मुरारका निर्विरोध अध्यक्ष चयन हुने निश्चित भएको छ । अध्यक्षका लागि मुरारकासँगै उम्मेदवारी दिएका भवानी राणा र भाष्करराज राजकर्णिकार आफ्नो दावी छोड्न राजी भएपछि मुरारका सर्वसम्मत अध्यक्ष चयन हुने बाटो खुलेको हो । 
 
अध्यक्षका प्रत्यासी रहेका राजकर्णिकारले पत्रकार सम्मेलनमार्फत आफ्नो दावी फिर्ता लिइसकेका छन् भने अर्का प्रत्यासी राणाले बुधबार पत्रकार सम्मेलन गरेर अध्यक्षको दावी फिर्ता लिने स्रोतले बतायो । राजकर्णिकारले महासंघमा सर्वसम्मत नेतृत्व चयनका लागि उम्मेदवारी फिर्ता लिएको घोषणा गरेको छन । 
 
‘महासंघका सर्वसम्मत नेतृत्वका लागि उम्मेदवारी त्यागको घोषणा गरेको छु,’ उनले भने, ‘यसपटकको महासंघको नेतृत्व सर्वसम्मत हुनुपर्छ । म यो घोषणा गर्न चाहन्छु की मैले सर्वसम्मतिका लागि उम्मेदवारी फिर्ता लिएको छु ।’

महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले आफ्ना निकटवर्तीहरुसँग राणालाई अर्को पटक अध्यक्ष बनाउने सर्तमा यसपटक मुरारकालाई सहयोग गर्न लागिएको बताएका थिए ।
 
राजकर्णिकारले आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका कार्यबाहक अध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष शेखर गोल्छासहित पूर्व अध्यक्ष सुरज वैद्य लगायत झण्डै १० जना केन्द्रीय सदस्य उपस्थित भएका थिए । 
 
मुरारकालाई अध्यक्ष छोड्न राजकर्णिकार राजी भएपछि मात्रै अर्का प्रत्यासी राणाले पनि आफ्नो दावी छाड्न तयार भएको स्रोतको दावी छ । अध्यक्षका दुई प्रत्यासीले दाबी फिर्ता लिए मुरारका महासंघमा १९ महिनाको लागि अध्यक्षको कार्यभार सम्हाल्नेछन् । 

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411