​राहत कोषमा सिन्टेक टेक्नोलोजीको ५० लाख

मंगलवार, आषाढ १५, २०७२ साल,

काठमाडौं . सिन्टेक हङकङ टेक्नोलोजी लिमिटेड,सेञ्जेन चीनले भूकम्प पीडित नेपालीहरुको राहत र पुनस्थापना कार्यमा सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लगभग ५० लाख रुपैयाँ  प्रदान गरेको छ ।

मंगलबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गोयनी ग्रुपका अध्यक्ष विलियम लुले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।
 
सो सहयोग रकम हस्तान्तरण कार्यक्रममा टेलिटक प्राइभेट लिमिटेड नेपालका प्रमुख कार्यकारी अधिकृत संजय अग्रवाल, गोयनी ग्रुपका सदस्यहरु हुइ र सन्निको पनि उपस्थिति रहेको थियो । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411