​नेप्से दुई दशमलव आठ अंकले बढ्यो, कारोबार ३४ करोड १६ लाख

मंगलवार, आषाढ १५, २०७२ साल,
काठमाडौ । मंगलबार नेप्से दुई दशमलव आठ शुन्य अंकले बढेर नौ सय ४९ दशमलव एक तीन कायम भएको छ । 

नेप्सेमा क वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि मंगलबार शुन्य दशमलव पाँच छ अंकले बढेर दुई सय दुई दशमलव शुन्य सात अंक कायम भएको छ।
 
मंगलबार बैँक, होटल, जलविद्युत र विमा समुहको सुचकहरु बढेका छन् । विमा समुहको सुचक भने सबैभन्दा बढी २५ दशमलव सात दुई अंकले बढेर चार हजार दुई सय पाच दशमलव सात नौ अंक कायम भएको छ। त्यसैगरी बैंकको तीन दशमलव छ पाच अंकले बढेको छ भने होटल समुहको सुचक पाच दशमलव एक दुई अंकले अघि बढेको छ ।
 
तर व्यापार, विकास बैंक, फाइनान्स र उत्पादनमुलक क्षेत्रका सुचक भने मंगलबार ओरालो लागेका छन् । व्यापार समुहको सुचक सबैभन्दा बढी अंकले ओरालो लागेको छ। व्यापार समुहको सुचक मंगलबार तीन दशमलव आठ अंकले ओरालो लागेको छ।
 
मंगलबार पूँजीबजारमा एक सय ३६ कम्पनीको छ लाख ४० हजार छ सय ९४ कित्ता सेयर दुई हजार एक सय पटक कारोबार भएको छ। जसबाट सेयर बजारमा ३४ करोड १६ लाख ८५ हजार नौ सय ८० अंक कायम भएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411