​कार्वनका चार नयाँ मोवाइल फोन सार्वजनिक

सोमबार, आषाढ १४, २०७२ साल,
काठमाडौं । एलाइड ट्रेड लिङ्क ईण्टरनेशनल प्रालिले कार्वनका चार नयाँ मोवाइल फोन सोमबार सार्वजनिक गरेको छ ।

कम्पनीले कार्वन के१५ मेटल, के४०, के६९५ प्लस र म्याक वान मोवाइलहरु बजारमा सार्वजनिक गरेको हो । सार्वजनिक फोन मध्ये म्याक वान स्मार्टफोन हो भने बाँकी ३ बार फोन हुन् । ४ दशमलव ७ ईञ्चको स्क्रिन प्रयोग गरिएको म्याक वानको मूल्य कम्पनीले रू १३ हजार ६ सय ४९ तोकेको छ । ४.४ किटक्याट सहितको यस फोनमा ८ मेगा पिक्सेल क्षमता सहितको क्यामेरापनि उपलब्ध गरिएको छ । कम्पनीले यस फोनमा १ हजार ८ सय एमएएच क्षमताको ब्याट्रीको प्रयोग गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको अर्को फोन के१५ मेटलको रू २ हजार ३२ तोकेको छ । २ दशमलव ४ ईञ्चको स्क्रिन रहेको यस फोनमा १ दशमलव ३ मेगापिक्सेल क्षमताको क्यामेरापनि उपलब्ध गरिएको छ । यस फोनमा १ हजार ५० एमएएच क्षमता सहितको ब्याट्री उपलब्ध गरिएको छ । त्यस्तै के४० को मूल्य रू  २ हजार ५ सय २९ तोकेको छ । यसमा पनि २ दशमलव ४ ईञ्चको स्क्रिन रहेको छ । २ हजार ८ सय एमएएच क्षमताको ब्याट्री रहेको यसको अतिरिक्त सञ्चय क्षमता १६ जीबी सम्म बढाउन सकिन्छ ।

त्यस्तै कम्पनीले २ दशमलव ४ ईञ्चकै स्क्रिनमा उपलब्ध गरेको के ६९५को मूल्य रू २ हजार ४ सय ९० तोकेको छ । डूअल क्यामेरा सहितको यस फोनमा १ हजार ८ सय एमएएच क्षमताको ब्याट्रीको प्रयोग गरिएको छ । यसको अतिरिक्त सञ्चय क्षमता भने ८ जीबी सम्म बढाउन सकिन्छ ।

एलाईड ट्रेड लिङ्क कार्वन मोवाइल ह्याण्डसेट्स र स्मार्ट ट्याब्लेटको नेपालका लागि आधिकारिक विक्रेता हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411