सेयर बजार ८ अंक बढीले चढ्यो, नेपाल लाईफ इन्स्योरेन्सको मात्रै ५ करोड बढीको कारोबार

सोमबार, आषाढ १४, २०७२ साल,
काठमाडौं । साताको पहिलो दिन आईतबार झण्डै आठ अंकले उकालो लागेको  नेप्से सोमबार आठ अंक बढीले उकालो लागेको छ । राजनैतिक घटनाक्रमले संविधान बन्ने वातावरण बन्दै गएपछि लगानीकर्ता उत्साहीत हुदा यसको सकरात्मक प्रभाव नेप्सेमा देखिएको छ ।

संविधान बन्ने वातावरण बन्दै गएपछि लगानीकर्ताहरुले संयम भएर लगानी गरेका कारण नेप्से निरन्तर उकालो लाग्दै गएको विश्लेषकको भनाई छ । सोमबार नेप्से ८ दशमलव ३३ अंकले बढेर ९४६.३३ अंकमा पुगेको छ । अधिल्लो कारोबारको तुलनामा नेप्सेमा सुधार आएपनि कारोबार भने एक करोड बढीले घटेको छ ।

नेप्सेमा कारोबार भएका उत्पादनमुलुक समुहको बाहेक अन्य सबै समूहको सूचक बढेपछि नेप्से बढेको हो । कूल १२९ कम्पनीको कारोबार भएको बजारमा २ हजार ९७ कारोबारबाट ६ लाख ८ हजार ५ सय ९६ कित्ता सेयर ३७ करोड ११ लाख १३ हजार ३ सय ८ रुपैयामा खरिदबिक्री भएका छन ।

कारोबारमा प्रुडुयन्सीयल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन भने सगरमाथा इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन । यस दिन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढि ५ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । त्यस्तै नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको पनि ३ करोड बढीका सेयर खरिदबिक्री भएका छन । यसदिन एक करोड बढी कारोबार हुने कम्पनीको सख्या नौ पुगेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411