​विश्वव्यापी युद्ध खर्च १४३ खर्ब डलर, विस्थापितको संख्या दोस्रो विश्व युद्धपछिकै उच्च

आईतवार, आषाढ १३, २०७२ साल,
एजेन्सी । विश्वमा गत वर्ष युद्धको खर्च १४३ खर्ब डलर पुगेको छ । यो रकम विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १३.४ प्रतिशत रहेको इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसले जनाएको छ ।

विश्वव्यापी द्वन्द्वको खर्च बेलायत, जर्मनी, फ्रान्स, ब्राजिल, क्यानडा र स्पेनको अर्थतन्त्रको संयुक्त स्वरूपबराबर भएको अस्ट्रेलियास्थित संस्थाको प्रतिवेदनले देखाएको छ  । यो तथ्यांकले सन् २००८ देखि हालसम्मको अवधिमा द्वन्द्वको खर्च १५.३ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

“आन्तरिक द्वन्द्वबाट मृत्यु हुनेको वृद्धि, आन्तरिक रूपमा विस्थापित (आईडीपी) हुनेको संख्यामा वृद्धि र शरणार्थीलाई गरिने सहयोगमा वृद्धिका कारण गत वर्ष विश्वव्यापी युद्ध खर्चमा बढेको हो । सन् २००८ देखि हालसम्मको अवधिमा ३८ प्रतिशतको वृद्धि भएको छ,” प्रतिवेदनमा भनिएको छ ।

सन् २००८ देखि आईडीपी र शरणार्थीलाई गरिएको सहयोग २६७ प्रतिशतले वृद्धि भएको थियो । विस्थापितको संख्या दोस्रो विश्वयुद्धपछिकै उच्च कायम भएको प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनका अनुसार मध्यपूर्व र उत्तरी अफ्रिका बढी अशान्त क्षेत्रका रूपमा देखा परे । युरोप सबैभन्दा बढी शान्त स्थानका रूपमा देखियो । यमनमा साउदी अरेबियाले गरेको आक्रमणले मध्यपूर्वको अवस्था झनै अशान्त भएपछि यो क्षेत्रको समग्र परिदृश्य खराब बन्न पुग्यो ।

सन् २०११ को मार्चदेखि चलेको युद्धका कारण सिरिया विश्वकै अशान्त मुलुकको रूपमा देखा परेको प्रतिवेदनमा उल्लेख छ । यसपछि बढी अशान्त मुलुकमा इराक, अफगानिस्तान, दक्षिणी सुडान र सेन्ट्रल अफ्रिकन रिपब्लिकन छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411