​सेयर बजार ७.६२ अंकले बृद्धि, ३९ करोड रुपैयाको सेयर कारोबार

आईतवार, आषाढ १३, २०७२ साल,
काठमाडौं । हप्ताको पहिलो दिन आइतबार बिमा उपसमूहमा १ सय ३० अंकको बृद्धिदर कायम भएको छ। प्रतिशतका आधारमा ४ वटा बीमा कम्पनीका सेयर लगानीकर्ताले सबैभन्दा धेरै सेयर मूल्य कमाएका छन्। एभरेष्ट इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ता उच्च कमाएका छन् ।
 
सेयर बजारमा आज १ सय २८ कम्पनीको १० लाख बढी कित्ता सेयर किनबेच भएको छ। ति सेयर किनबेच हुँदा ३८ करोड ९१ लाख रुपैयाँ बराबरको कारोवार भएको छ। कारोवार रकमका साथै नेप्से सूचक पनि आज बढेको छ। ७ दशमलव ६ अंकले नेप्से परिसूचक बढेर ९ सय ३८ अंकमा पुगेको छ। नेप्सेका सम्पूर्ण उपसूचकहरु हरियो रहेका छन्। 
 
हाइड्रोमा ५, बैंकिङमा ५ र अन्य उपसमूहमा ८ अंकको बृद्धि भयो। यस दिन ४ वटा कम्पनीहरुको ३ करोडभन्दा धेरै रकमको सेयर कारोवार भएको छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, चिलिमे हाइड्रो पावर, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर, नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ३ करोड बढीको सेयर कारोवार भएको हो। 
 
इन्टरनेश्नल लिजिङ एण्ड फाइनान्स र कंकाई विकास बैंकका लगानीकर्ताले भने उच्च सेयर मूल्य गुमाएका छन। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411