​राहत कोषमा नागरिक उड्डयन प्राधिकरणले दियो ३ करोड

आईतवार, आषाढ १३, २०७२ साल,
काठमाडौं । भूकम्प पीडित नेपालीहरुको राहत र पुनस्थापना कार्यलाई सघाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ प्रदान गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्राधिकरणका नवनियुक्त महानिर्देशक संजीव गौतमले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।

सो अवसरमा प्राधिकरणका उपमहानिर्देशक सहित कर्मचारी यूनियनका अध्यक्ष सहित अन्य कर्मचारीहरु पनि उपस्थित थिए । यसअघि पनि प्राधिकरणका कर्मचारीहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गरेका थिए ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411