​सुनको भाउ तीनसयले बढ्यो, तोलाको ५२ हजारमा कारोबार, चाँदीको भाउ स्थिर

आईतवार, पौष १३, २०७१ साल,
काठमाडौं - हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा तीनसय रुपैयाँले बढेको छ। गएको शुक्रबार तोलाको ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार तोलाको ५२ हजार रुपैयाँमा किनबेच भइरहकेको छ।

पुस ७ गते ५२ हजार रुपैयाँ तोलामा कारोबार भएको सुनको भाउ त्यसयता भने केही घटेको थियो। अन्तर्राष्ट्रिय बजारमा भाउमा उतारचढाव आएकाले नेपालमा पनि सुनको भाउमा उतारचढाव देखिएको व्यापारीहरु बताउँछन्।

सुनको भाउ तोलामा तीनसय बढेपनि चाँदीको भाउ भने स्थिर छ। चाँदी आइतबार पनि शुक्रबार जस्तै तोलाको सातसय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ गएको बिहीबारदेखि नै स्थिर छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411