सेयर बजारमा उत्साह कायमै नेप्से र कारोबार दुवै बढ्यो
बिहीवार, आषाढ १०, २०७२ साल,
(1).jpg)
काठमाडौं । साताको पहिलो दिन आईतबार ओरालो लागेको सेयर बजार परिसूचक नेप्से त्यसयता निरन्तर उकालेको लाग्ने क्रमलाई निरन्तरता दिदै अन्तिम दिन पनि बढेको छ । विहिबार नेप्से २ दशमलव २५ अंकले बढेर ९३० ।३८ अंकमा पुगेको छ ।
नेप्सेमा कारोबार भएका सबै समूहको सूचक बढेपछि नेप्से बढेको हो । अन्य समूहको कारोबार भने भएन । कूल १३० कम्पनीको कारोबार भएको बजारमा २४ करोड रुपैया बराबरको सेयर खरिदबिक्री भएका छन । होटल , जलविद्यूत र विमा समूहको सूचक बढेपछि नेप्से सकरात्मक देखिएको हो ।
विहिबारको कारोबारमा हिमालयन बैंक लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन भने कन्ट्रि डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन । त्यस्तै एनसीसी बैंकको साधारण सभा हुने पक्का भएका कारण यस बैंकको मात्र करिब २ करोड रुपैयाँ बराबरका सेयर खरिद बिक्री भएका छन ।