‘नम्बर वान’ अभिनेत्री सन्नी लियोन

आईतवार, पौष १३, २०७१ साल,
मुम्बई– बलिउडका अभिनेता तुषार कपुरलाई सन्नी लियोन हिन्दी सिनेमाको ‘नम्बर वान’ अभिनेत्री लाग्ने बताएका छन् । सन्नीसँग ‘मस्तीजादे’ फिल्ममा काम गरिरहेका तुषार सन्नीलाई एउटी राम्री अभिनेत्रीका साथै राम्रो मानिसको संज्ञा दिन्छन् ।

तुषारले भने, ‘सन्नीसँग काम गर्नुको अनुभव सानदार रह्यो । उनी निकै राम्री अभिनेत्री हुन् र त्यत्तिकै राम्रो मानिस पनि । उनी बलिउडकी ‘नम्बर वान’ अभिनेत्री हुन्, त्यसकारण मलाई लाग्छ कि ‘मस्तीजादे’ फिल्म निकै सफल हुनेछ ।’

मिलाप जावेरीद्वारा निर्देशित यो फिल्ममा सन्नीले लैला लिलिको भूमिका निभाइरहेकी छिन् । फिल्ममा वीर दास पनि छन् । तुषार ‘क्या कूल हे हम’ को तेस्रो भागलाई व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । (एजेन्सी)

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411