नेप्सेमा २.०४ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

बुद्धबार, आषाढ ९, २०७२ साल,
काठमाडौ । लगातार उतार-चढाब आइरहेको नेप्से परिसुचक  बुधबार भने २ दशमलब ०४ अंकले वृद्धि भएर ९ सय २८ दशमलब १३ बिन्दुमा कारोबार बन्द  भएको छ । यसै गरि क बर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स  पनि ० दशमलब ४९ अंकले वृद्धि भई १ सय ९८ दशमलब ४८ अंकमा कारोबार बन्द भएको छ ।

नेप्से उप परिसूचकहरुमा बैंकिंग समूह,  विकाश बैंक समूह, जलविदुत समूह, फाइनान्स समूह,  इन्स्योरेन्स समूहहरु बढेका छन् भने होटेल समूह र उत्पादन तथा प्रसोधन समूह घटेको छ । अन्य समूहमा कुनै परिबर्तन भएन ।

आज १ सय २८ कम्पनीको  १  हजार ४ सय ९७ कारोबारबाट ८ लाख ११ हजार ४ सय ६३ कित्ता शेयर खरिद  बिक्रि भएको छ जसबाट २६ करोड ६५ लाख ९ हजार ३ सय १ रुपैंया बराबरको  कारोबार भएको छ । हिजोको तुलना आजको कारोबार रकममा करिब ६ करोड बढी हो ।

कारोबार रकमको आधारमा ग्लोबल आईएमई बैंकको सबै भन्दा बढी ३ करोड ३६ लाख ५८ हजार ६ सय ५८ कारोबार भएको छ । आज सबै भन्दा बढी कमाउनेमा कालिन्चोक बिकास  बैंक रहे भने सबैभन्दा बढी गुमाउने काबेली बिकास बैंक रहेको छ  ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411