अब आइपीओ मेरो सेयर मोबाइल एपबाटै भर्न मिल्ने

शुक्रबार, मंसिर २६, २०७७ साल,
काठमाडौं। सेयरमा लगानी गर्न फारमको साटो अनलाइन प्रयोग गरिरहेकाहरूका लागि अब कम्प्युटर वा ल्यापटप नचाहिने भएको छ। मोबाइल एप्लिकेसनबाटै सेयर भर्न मिल्ने भएको छ।

सिडीएस एण्ड क्लियरिङ लिमिटेडले ‘मेरो सेयर’ मोबाइल एपबाटै आइपीओ भर्न मिल्ने सुविधा थपेको हो। गत भदौमा सीडीएससीले लञ्च गरेको उक्त एपबाट सुरूमा प्रयोगकर्ताले आफ्नो सेयर र दरभाउ मात्रै हेर्न पाउने सुविधा थियो।

अब यसमा आइपीओ भर्न मिल्ने सुविधा पनि थपिएको हो। गुगल प्ले स्टोरमा परीक्षणका लागि बेटा भर्सन उपलब्ध गराइरहेको सीडीएससीले मोबाइल एपमा माइ आस्वा सुविधा थपेपछि लगानीकर्ताहरुले ब्राउजरसँगै अब एपबाट पनि आइपीओ भर्न विकल्प भएको छ। लकडाउनयता सेयर बजारमा थपिएका लगानीकर्तामध्ये अधिकांश अनलाइन प्रयोगकर्ता छन्।

स्मार्टफोन प्रयोगकर्ताहरूले मोबाइल एप्लिकेसनको अधिकतम प्रयोग गर्छन्। मोबाइलबाटै डिम्याट खाता खोल्न, बेंक खाता लिंक गर्न, सेयर खरिद(बिक्री अर्डर र भुक्तानीसँगै दिनहुँ कारोबार गर्नेहरू बढ्दा सीडीएसले ुमेरो सेयरु मा सुविधा थपेको हो।  

सुरूमा यो एपमा ुमाइ आस्वाु को अप्सन थिएन। प्रयोगकर्ताले सेयर भर्न पाउने सुविधा पनि थप्न माग गरिरहेका थिए। आफ्नो मोबाइलमा डाउनलोड गरेकाहरूले अब एपबाट आइपीओ भर्न फारम खोज्नु वा कम्प्युटर खओज्नु पर्ने छैन। बिभिन्न कम्पनीले आइपीओ जारी गर्दा सीडीएसको साइटमा एकैपटक धेरै प्रयोगकर्ता हुने गरेका छन्। एकैपटक साइटको ुहिटु बढ्दा नखुल्ने समस्या प्रयोगकर्ताले भोग्दै आएका छन्

मोबाइल एपबाट पनि आइपीओ भर्ने सुविधापछि साइटमा चाप घट्ने अनुमान गरिएको छ। कम्पनीले डिम्याट खातामा रहेको सेयर विवरण, बजार मूल्यका आधारमा आफ्नो पोर्टफोलियो, भारित औसत गणना, सेयरको राफसाफ तथा फर्छ्योटलगायतका सुविधा दिँदै आएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411