मंगलवारको सेयर बजारमा नेप्से सूचक ३.६ अंकले बढ्दा, बीमा उपसमूह ७५ अंकले उचालियो

मंगलवार, आषाढ ८, २०७२ साल,
Nepal Stockकाठमाडौं । मंगलवारको सेयर बजारमा नेप्से सूचक ३ दशमलव ६ अंकले बढ्दा बीमा उपसमूह भने करिब ७५ अंकले उचालिएको छ। बीमा उपसमूह उचालिएसँगै यस दिन बीमा कम्पनीका सेयर लगानीकर्ताले प्रतिशतका हिसावमा पनि उच्च सेयर मूल्य पाएका छन्। लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्सका लगानीकर्ताले आज सबैभन्दा बढी सेयर मूल्य पाए। 
  
यस दिन १ सय २६ कम्पनीको ५ लाख ४८ हजार कित्ता सेयर किनबेच हुँदा २० करोड ४४ लाख बराबरको कारोवार भएको छ। कारोवार बन्द हुँदा नेप्से परिसूचक ९ सय २६ अंकमा रहेको छ। हाइड्रोपावर बाहेक अन्य उपसमूहमा भने झिनो अंकको हरियो बत्ति बलेको छ। 
 
सेयर रकम कारोवारको आधारमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल लाइफ इन्स्योरेस कम्पनी अगाडि रहे। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411