आज थपिए १ हजार ४१ कोरोना संक्रमित, १५६६ जना डिस्चार्ज

शनिबार, भाद्र २०, २०७७ साल,
काठमाडौं । आज शनिबार देशभर कोरोनाका १ हजार ४१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।

यीसहित हालसम्म संक्रमितको संख्या ४५ हजार ५ सय ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ९ जनामा कोरोना पुष्टि भएको छ। यीसहित कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ५७ हजार बढीको पिसिआर परीक्षण भएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411