एसइइ विद्यार्थीका लागि एनसेलको विशेष योजना, एक रुपैयाँमा सीम, माइ फाइभ र बोनस डेटा पनि

शनिबार, भाद्र २०, २०७७ साल,
काठमाडौं। एनसेल आजियाटाले एसइइका विद्यार्थीका लागि विशेष योजना ल्याएको छ। योजना अनुसार विद्यार्थीले एक रुपैयाँमा प्रिपेड सीम खरीदका साथै

निःशुल्क माइ फाइभ सेवा र बोनस डेटाको फाइदा पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। योजना विहीबारदेखि कार्यान्वयनमा आएको हो। सीम लिन एसइइ परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमावाबाबुको नागरिकताको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्ने कम्पनीले जनायो। सीम लिएपछि निःशुल्क माइफाइभ सेवाका लागि आफुलाई सधै सम्पर्कमा रहने पाँच वटा एनसेल सीम समुहमा सेट गर्न सकिन्छ।

कम्पनीका अनुसार नम्बरहरु माइफाइभ समुहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिन सम्म ती नम्बरहरुमा निःशुल्क कुराकानी गर्न सक्छन् । ३० दिनपछि पनि ती नम्बरहरुमा मात्र ९९ पैसा प्रतिमिनेटमा बाँकी ११ महिनासम्म कुराकानी गर्न सक्ने कम्पनीको दाबी छ।

विद्यार्थीहरुले एस्ट्रिक्स ५५४४ ह्यास  डायल गरी प्राप्त निर्देशन अनुसार माइफाइभ समुहमा राख्न सक्छन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमाप्रत्येक परिवर्तनको कर बाहेक पाँच रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

पहिलो सीम सुचारु गरेपछि पहिलो दिनको मध्यरात सम्ममा सय रुपैयाँ  वा सो भन्दामाथिको रिचार्जमा ग्राहकले ३० दिन सम्म हरेक दिन एक सय एमबी डेटा बोनसको रुपमा पाउने कम्पनीले जनायो।

कम्पनीका अनुसार सीमको मेन ब्यालेन्सबाट गरिएको हरेक सय रुपैयाँ बराबरको खर्चमा ग्राहकले तीनदिनको समयसीमा रहेको तीन सय एमबी (१०० एमबीअल नेटवर्क र २०० एमबी फोरजी डेटा) बोनस डेटा प्राप्त गर्ने कम्पनीले जनायो। पहिलो सीमअन्तर्गतको यो ब्यालेन्स खर्चमा बोनस सुविधा १२ महिनाको रहने कम्पनीको दाबी छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411