समाज लघुवित्तको आईपिओ बाँडफाँड, ८ हजार ७० जना भाग्यमानीले पाए १० कित्ता

सोमबार, भाद्र १५, २०७७ साल,
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ आज सोमबार बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार दिउँसो २ बजे शेयर बाँडफांड गरेको हो  ।

कम्पनीको आईपिओमा ५ लाख ४७ हजार ९ सय २८ आवेदकले आवेदन दिएका थिए । जस मध्ये ५५८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।  बाँकि रहेका ५ लाख ४७ हजार ३ सय ७० जना योग्य आवेदकलाई गोलाप्रथामा सामेल गरि गोलाप्रथाबाट शेयर बाँडफाँड भएको छ । जस अनुसार गोलाप्रथाबाट ८ हजार ७० जनाले मात्र समान १० कित्ताको दरले शेयर पाएका छन् । ४ लाख ६७ हजार २२८ आवेदक भने हातखाली भएका छन्  ।

समाज लघुवित्तले भदौ ४ देखि  ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गरेको थियो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४३ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो  ।  बाँकि रहेको ८० हजार ७ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411