लिबर्टी इनर्जीको आईपिओ बाँडफाँट, १० देखि ४० कित्तासम्म पाए

सोमबार, भाद्र १५, २०७७ साल,
काठमाडौं । लिबर्टी ईनर्जीले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ ।  बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले सोमबार मध्यान्ह शेयर बाँडफाँड गरेको हो ।  

शेयरको बाँडफाँड मोडल अनुसार १० देखि ३० कित्तासम्म आवेदन दिने सबैले माग गरिए बमोजिम कै शेयर पाएका छन् । त्यस्तै ४० देखि १५ हजार कित्तासम्म को लागि आवेदन दिने समान ३० कित्ता शेयर पाएका छन् । त्यस्तै ४० देखि १५ हजार कित्तासम्मको लागि आवेदन दिने मध्येबाट २५ हजार ६ सय २० ले थप १० कित्ता शेयर पाएका छन् ।

आईपिओमा कुल १ लाख ८८ हजार ४ सय ९९ जनाले आवेदन दिएकोमा १२६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।  बाँकि रहेका १ लाख ८८ हजार १७३ जना योग्य आवेदक लाई शेयर बाँडफाँड गरेको क्यापिटलले जनाएको छ ।

कम्पनीले  कम्पनीले लमजुङ जिल्लास्थित २५ मेवा को दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । त्यस्तै कम्पनीद्वारा प्रवद्र्धित बाग्लुङ जिल्लास्थित बडीगाड खोलामा २१ मेवा क्षमताको बडिगाड खोला जलिविद्युत आयोजना र लमजुङ जिल्लास्थित लोदोखोलाबाट १.७३ मेवा क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन कार्य आगामी १ भित्रमा सम्पन्न गर्नेगरी सर्भेक्षण कार्य अघि बढाएको कम्पनीले जनाएको छ

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411