१५ दिन पनि नबित्दै आयल निगमले फेरि बढायो पेट्रोल डिजलको भाउ, प्रति लिटर अब कति ?
आईतवार, श्रावन ३२, २०७७ साल,

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढाएको छ।
निगमले आज राति १२ बजेबाट लागू हुने गरी मूल्य एकरएक रुपैयाँ बढाएको हो।
अब पेट्रोलको दाम १०५ रुपैयाँ २५ पैसा पुगेको छ।
गत साउन १८ गते मात्रै निगमले पेट्रोल, डिजलको भाउ प्रति लिटर २ रुपैयाँले बढाएको थियो।
अब डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रति लिटर पुगेको छ।
निगमले खाना पकाउने ग्यासको मूल्य भने चलाएको छैन।