उपत्यकाका १२७ सहित देशभर ५२५ जनामा कोरोना संक्रमण पुष्टि

बिहीवार, श्रावन २९, २०७७ साल,
काठमाडौं । बितेको २४ घण्टामा देशभर थप  ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका १२७ सहित ५२५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

उपत्यकाका संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ गरी १२७ जना रहेका छन् । योसहित हालसम्म देशभर कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।पछिल्लो अध्यावधिक विवरणअनुसार  १०९ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ८३७ जना पुगेको छ ।

हाल देशभर ८ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ७६९ जना रहेका छन् । हालसम्म कोरोनाबाट ९५ जनाको मृत्यु भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411