काठमाडौं उपत्यकामा हालसम्मकै धेरै संक्रमित,देशभरमा ६३८ जनामा कोरोना संक्रमण

मंगलवार, श्रावन २७, २०७७ साल,

काठमाडौं । मंगलबार ६३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । तीमध्ये सात हजार २०१ जनामा संक्रमण सक्रिय रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ११० जना, ललितपुरका १४ जना र भक्तपुरका ८ जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या १७१ रहेको छ । अहिलेसम्म देशभरमा १६ हजार ६६४ जना कोरोना मुक्त भइसकेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411