राष्ट्र बैंकले भन्यो कोभिडले कसलाई कस्तो असर गर्यो ? यस्तो छ प्रभावितको सूची

सोमबार, श्रावन १२, २०७७ साल,
काठमाडौं। नेपाल राष्ट्र बैकले कोभिड १९ ले कस्ता ब्यापार ब्यवसाय कति प्रभावित भए भनेर वर्गीकरण गरेको छ। मौद्रिक नीति कार्यान्वयन गर्न सोमबार जारी निर्देशनमा राष्ट्र बैंकले वर्गीकरण गरेको हो।

अर्थतन्त्रको विभिन्न क्षेत्रमा परेको प्रभाव र त्यसबाट वित्तीय क्षेत्रमा पर्न सक्ने असर तथा उद्योग ब्यवसायको पुनरुत्थानमा लाग्न सक्ने समय आदिका अध्ययनका आधारमा प्रभावित क्षेत्रलाई वर्गीकरण गरिएको राष्ट्र बैंकले स्पष्टीकरण दिएको छ।

अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित भनेर वर्गीकरण गरिएको छ। पर्यटन क्षेत्रमा ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, र्याफ्टिङ, क्याम्पिङ, टूर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पा, होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होस स्टे, रिसोर्ट तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, बन्यजन्तु आरक्षणलाई अति प्रभावितमा राखिएको छ।

यसैगरी साहसिक पर्यटनसँग सम्बन्धिका साथै गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, केवलकारलाई पनि अति प्रभावितमा राखिएको छ। हवाइ तथा पर्यटकीय यातायात, मनोरञ्जन, पार्क, रिक्रियसन सम्बन्धि ब्यवसाय, पार्टी प्यालेस पनि यसमा पर्ने छन्। चलचित्र उत्पादन तथा वितरणका साथै सिनेमा हल, रोजगारी गुमेका वा लेअफमा परेका श्रमिक, कामदार तथा कर्मचारी पनि पर्ने छन्।

अति प्रभावित व्यवसायहरु :

१. पर्यटन 
- ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, र्‍याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि । 
- होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष,
- साहसिक पर्यटन : स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर र्‍याफ्टिङ, हट एयर बलुनिङ्, क्यानोइङ, प्यारासेलिङ्, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ, हिमाल आरोहरण र अवलोकनलगायत, 
गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार 
२. हवाई तथा पर्यटकीय यातायात
३. मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेस; 
४. चलचित्र उत्पादन, वितरण, सिनेमा हल ; 
५. रोजगारी गुमेका वा बिचल्लीमा परेका श्रमिक, कामदार वा कर्मचारी ( स्वदेशमा वा विदेशमा)
६. मूलभुत रुपमा सडेर गलेर जाने वस्तु जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण; 
७. कुखुरापालन व्यवसाय ; 
८. पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय; 
९. तयारी पोशाक, हस्तकला तथा सिपमुलक व्यवसाय 
१०. वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक 

मध्यम प्रभावित क्षेत्रहरु

१. खप्ने सामान जस्तै प्लास्टिक, फलाम-स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरण सँग सम्बन्धित उद्योग व्यवसाय 
२. निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर 
३. यात्रुवाहक स्थल यातायात 
४. ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरीलगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप 
५ कानुनी, लेखा, इन्जिनियरिंङलगायतका परामर्श सेवा वा व्यवसाय 
६. अस्पताल, क्लिनिक, नर्सिङ्‌होम, डायग्नोस्टिक सेन्टर 
७ हेल्थ सेन्टर वा फिट्नेस सेन्टर 
८. भण्डारण गर्न सकिने वस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण 
९. वन तथा खनिजजन्य उद्योग 
१०. निर्माण व्यवसाय
११. औषधि उत्पादन 
१२. छपाइ, प्रकाशन तथा सञ्‍चार गृह 
१३. निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा 
१४. पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय 

न्यून प्रभावित क्षेत्र 

१. उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत आयोजना 
२. अनलाइन (इकमर्स) मा संलग्न व्यवसाय 
३. खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण, पेय पदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसाय 
४. दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बिक्री वितरण 
५. आयात जन्य व्यापार 
६. पेट्रोल पम्प, ग्यास तथा पानी सम्बन्धित व्यवसाय 
७. औषधि बिक्री वितरण 
८. विज्ञापन सेवा 
९. इन्टरनेट, दुरसञ्‍चार सेवा प्रदायक कम्पनी 
१०. मदिरा तथा सूर्तिजन्य उद्योग व्यापार, व्यवसाय 
११. ट्रक, ढुवानी व्यवसाय 
१२. सुन, चाँदीका गहना तथा बहुमुल्य पत्थर सम्बन्धी व्यवसाय । 



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411