कोरोनाका कारण ४३ जनाको मृत्यु पुष्टि, आज १४७ जना संक्रमित

बिहीवार, श्रावन ८, २०७७ साल,
काठमाडौं । नेपालमा बिहीवार थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण बिहीवार थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।

बिहीवार १५६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमले नेपालमा कोरोनाको जोखिम हटी नसकेकोले सावधानी अपनाउन सवैलाई आग्रह गरेका छन् ।

हाल देशभरका आईसोलेशनमा ५ हजार ३५८ जना  रहेका छन् । त्यसैगरी क्वारेन्टाइनमा २० हजार ९८ जना  रहेका छन् ।त्यस्तै रौतहट, कैलाली र बाजुरा जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार हालसम्म कुल पीसीआर परीक्षण संख्या ३ लाख ३१ हजार ९५ पुगेको छ भने कुल डिस्चार्ज हुनेको संख्या १२ हजार ८४० पुगेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411