साउन ८ गतेदेखि छोटो र लामो रुटमा यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

मंगलवार, श्रावन ६, २०७७ साल,
काठमाडौँ । यातायात व्यवसायीहरुले बिहीबारदेखि स्थानीय, छोटो र मध्यम र लामो गरी चारै रुटमा यातायात सञ्चालन गर्ने निर्णय गरेका छन्।

मंगलबार राजधानीमा एक कार्यक्रम गरी साउन ८ गते अर्थात् बिहीबारदेखि छोटो तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरका तीनवटा ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा मंगलबार गरेका हुन्।

सरकारले छोटो दुरीका सवारी साधनमात्र चलाउने निर्णय गरे पनि यातायात व्यवसायीले लामो दूरीका सवारी साधन पनि चलाउने निर्णय गरेका हुन्।

यातायात व्यवसायी र सरकारबीच सोमबार राजधानीलगायत सबे स्थानमा यातायात सेवा सुचारु गर्ने सहमति भएको थियो। यद्यपि सरकारले अहिलेसम्म लामो दूरीमा बारे कुनै निर्णय गरिसकेको छैन।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411