सार्वजनिक यातायात बिहीबारदेखि मात्रै चल्ने

सोमबार, श्रावन ५, २०७७ साल,
काठमाडौं । सञ्चालन कार्यविधिबारे व्यवसायी र यातायात व्यवस्था विभागबीच सहमति जुटेपछि बिहीबारदेखि सार्वजनिक यातायात चल्ने भएका छन्।

सरकारले असार २६ गतेदेखि छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेपनि व्यवसायी र मजदुरले आफ्ना मागहरु सम्बोधन नभएको भन्दै मानेका थिएनन्।

उनीहरुका धेरै मागहरु मौद्रिक नीतिले सम्बोधन गरेपछि यातायात सञ्चालन कार्यविधिमा आएर कुरा अड्किएको थियो। सोमबार  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,  तीनवटा ट्रेड युनियनहरू नेपाल यातायात स्वतन्त्र मजदुर सँगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ, महानगरिय ट्राफिक प्रहरी महाशाखाबीच छलफल भएको थियो।

छलफलले यातायात श्रमिकहरूको समूह कोरोना बिमाको प्रिमियम सरकार र यातायात व्यवसायीले आधा/आधा तिरिदिने, यातायात श्रमिकको कोरोनाका कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्तिका लागि सरकारको तर्फबाट कोष स्थापना गर्न विभागले सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने, यातायात श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू (मास्क, स्यानिटाइजर, पन्जा, पिपिई) सम्बन्धित व्यवसायीले उपलब्ध गराउने र  लामो, छोटो र मध्यम दुरीका सबै सवारी साधनहरू सञ्चालन गर्न विभाग मार्फत सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने सहमतस जुटेको जनाइएको छ।

महासंघले मंगलबार दिउँसो २ बजे यसबारे पत्रकार सम्मेलन गरी जानकारी गराउने तयारी गरेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411