आज कुन जिल्लामा कति कोरोना संक्रमित भए ?

सोमबार, श्रावन ५, २०७७ साल,
काठमाडौं । नेपालमा आइतबार थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ६, झापाका ३, इलामका १, मोरङका १, सिराहाका १, सप्तरीका ९, धनुषाका २, पर्साका ४, बाराका ४६ जना रहेका छन्।

काठमाडौँका २, सर्लाहीका २३, सोलुखुम्बुका ४, ललितपुरका १, कास्कीका ८, लमजुङका १, तनहुँका २, स्याङजाका १, बाँकेका २, रोल्पाका ४, सल्यानका ३, रुकुमका ७, दाङका ६, दैलेखका २, सुर्खेतका ४, हुम्लाका १, कालिकोटका १, कैलालीका १ तथा डोटीका ४० जना संक्रमित थपिएका छन्।

यस्तै कोरोना भाईरसको संक्रमण निको भएर थप १७३ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ८६८ पुगेको छ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411