पुल बगाउँदा राजधानीसँग सम्पर्कविच्छेद, पृथ्वी राजमार्गको १० ठाउँमा पहिरो
सोमबार, श्रावन ५, २०७७ साल,

काठमाडौं । अबिरल वर्षापछि आएको बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङ र चितवन जोड्ने मौवा खोला पुलको धादिङतर्फ पुलमा बाढीले क्षति पुर्याएको छ ।
बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा पर्ने उक्त पुलमा क्षति पुर्याएपछि चितवन तथा पोखरा हुँदै काठमाडौं आउने सवारी साधनहरू चितवन तर्फ नै रोकिएका छन् । काठमाडौं तथा धादिङसँगको सम्बन्धविच्छेद भएको छ ।
पृथ्वी राजमार्गको धादिङ खण्डमा मात्र १० ठाउँमा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
मुग्लिन–नारायणगढ खण्डमा पनि ठाउँ–ठाउँमा पहिरोले अवरुद्ध गरेपछि गाडीहरू बीच बाटोमै रोकिएका छन् ।