सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय ५० प्रतिशतसम्म धेरै भाडा लिन पाउने

बिहीवार, आषाढ २५, २०७७ साल,
काठमाडौं । सरकारले जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

उपत्यकामा तीन जिल्लाभित्र तथा उपत्यका बाहिर जिल्लाभित्र मात्र सार्वजनिक यातायात चलाउने दिने निर्णय भएको हो ।

स्वास्थ्य मापदण्ड पालना गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अर्थ तथा सञ्चार मन्त्री डा युवराज खतिवडाले बताए ।

सार्वजनिक सवारी चलाउँदा सिट क्षमता भन्दा आधा मात्र यात्रु राख्न पाइने र यात्रुलाई मास्क अनिवार्य गरिएको छ । त्यस्तै ट्याक्सीमा दुई जनासम्म यात्रु बोक्न पाउने गरी सञ्चालन अनुमति दिइएको छ ।

क्षमता भन्दा आधा मात्र यात्रु बोक्न पाउने भएकाले सञ्चालन खर्च जुटाउन तोकेको भन्दा ५० प्रतिशतसम्म धेरै भाडा लिन पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411