भोटेकोशीमा आएको बाढीले दुई जनाको मृत्यु, १८ जना वेपत्ता, दर्जनौँ घर बगे

बिहीवार, आषाढ २५, २०७७ साल,
सिन्धुपाल्चोक । लगातार वर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउदा दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् ।बाह्रबिसे नगरपालिका वडा नं ५ जम्बुमा गएको बाढीका कारण अरनिको राजमार्गमा क्षति पुगेको छ ।

उँभोको क्षेत्रमा ठाडा खोलाहरु उर्लँदा दर्जनौँ घर बगाएको र दर्जन बढीको मानबिय क्षति भएको आशंका गरिएको छ ।

अहिले भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सम्बन्ध बिच्छेद भएको छ । घाइतेहरुको उद्धारका लागि अहिले हेलिकोप्टर पुगेको छ । बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा पनि क्षति हुन पुगेको जनाएको छ ।

थप विवरण आउन भने बाँकी छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411