​कान्तिपुरले जम्मा गरेको ४ करोड ४३ लाख प्रधानमन्त्री कोषलाई हस्तान्तरण

मंगलवार, आषाढ ८, २०७२ साल,
काठमाडौ । भूकम्पपीडित नेपालीको सहयोगको लागि कान्तिपुर मिडिया ग्रुपले संकलन गरेको रकम आज प्रधानमन्त्री दैवी प्रकोप कोषलाई हस्तान्तरण गरेको छ। कान्तिपुर फाउन्डेसनले सञ्चालन गरेको खातामा जम्मा भएको  ४ करोड ४३ लाख रुपैयाँ आज कान्तिपुर मिडिया ग्रुप र फाउण्डेसनका अध्यक्ष कैलाश सिरोहियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्रदान गरे। एक कार्यक्रमका बीच सिरोहियाले प्रधानमन्त्री सुशील कोइरालालाई चेक हस्तान्तरण गरे। 
 
भूकम्पपीडितको सहयोगार्थ कान्तिपुर मिडिया ग्रुपले सुरुमा सेञ्चुरी बैंकसँग र पछि अन्य बैंकसँगको सहकार्यमा बैंक खाता खोली रकम सङ्कलन गरेको थियो । “खातामा हामीले १० लाख राख्यौँ र अरुलाई सहयोग गर्न अपिल ग¥यौँ,” कान्तिपुर ग्रुपका अध्यक्ष सिरोहियाले भने “यसमा एक सय देखि ५० लाख दिने दातासमेतको रकम सङ्कलन भएको छ ।” सो अवसरमा अध्यक्ष सिरोहियाले सो रकम आवश्यकता परेका भूकम्पपीडितको राहत र पुनःस्थापनामा सदुपयोग होस् भन्ने विचार व्यक्त गरे। 
 
प्रधानमन्त्री कोइरालाले राहत रकम र सामग्रीको सदुपयोग होस् भन्नेमा सरकार अत्यन्त सजग रहेको उल्लेख गर्दै भने “म राहत रकम र सामग्रीको दुरुपयोग हुन दिन्न । मैले यो कुरा क्याबिनेटमा पनि उठाएको छु । गल्ती गर्ने परेका छन् । कति कुरा अख्तियारमा पनि पुगेको छ ।” 
 
सो कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल, कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा, द काठमाण्डु पोस्टका प्रधानसम्पादक अखिलेश उपाध्याय, सेञ्चुरी बैंक, सनराइज बैंकका पदाधिकारीका साथै कान्तिपुर मिडिया ग्रुपका विभिन्न पदाधिकारीको पनि उपस्थिति थियो । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411