अजोड इन्सुरेन्सको ३० करोडको आइपीओ असार २५ गतेबाट खुल्ने
बुद्धबार, आषाढ १७, २०७७ साल,

काठमाडौं । अजोड इन्सुरेन्सले ३० करोड रुपैयाँको आइपीओ असार २५ गतेबाट बिक्री खुला गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको ३० लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो ।
अजोडले जारी गर्न लागेको कुल ३० लाख कित्ता आइपीओमध्ये ४% अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५% अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस इन्सुरेन्सको आइपीओमा छिटोमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा साउन ८ गतेसम्म आवेदन दिन पाइनेछ । यस इन्सुरेन्सको आइपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
अजोडको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्दैछ । हाल अजोडको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।