भोली विहान ६ बजेदेखि १८ गतेसम्म देशै लकडाउन, के गर्ने के नगर्ने ?

सोमबार, चैत्र १०, २०७६ साल,
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश लकडाउन गर्ने निर्णय गरेको छ । चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी पूरै देश लकडाउन गर्ने निर्णय गरिएको हो ।

अर्थ एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषद्को आइतबारको बैठकले कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरा देखिएकाले देशभर लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिए । मन्त्रिपरिषद्ले आइतबार निर्णय गरेको भएपनि आजमात्रै खतिवडाले यो निर्णय सार्वजनिक गरेका हुन् ।

नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा दुईले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी लकडाउनको निर्णय गरिएको खतिवडाले बताए ।

जसअनुसार औषधि उपचार र अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरिएको छ भने अनुमतिप्राप्त सवारी साधन, सुरक्षा निकायबाहेक सबैप्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

सरकारले संक्रामक रोग ऐन २०२० को दफा दुईले दिएको अधिकार प्रयोग गरी यो आदेश जारी गरेको हो ।

सरकारी निर्णयअनुसार अनुमति प्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।

यसैगरी स्वास्थ्य, सुरक्षा, खाद्यबस्तु, खानेपानी, विद्युत, दूरसञ्चार, दूध, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यकबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीलाई आवश्यकता पर्दा तत्काल उपस्थित हुनेगरी बिदा दिने निर्णय गरिएको छ ।

निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीलाई पनि बिदा दिने निर्णय सरकारले आदेश जारी गरेको छ । यो आदेश औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगको हकमा भने लागू हुने छैन ।

यस आदेशको कार्यान्वयनका लागि देशभरका प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशसन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गरिने सरकारले निर्णय गरेको छ । नेपालमा अहिलेसम्म दुई जनामा कोरोनाको भाइरस पुष्टि भएको छ । त्यसमा पनि एकजना निको भइसकेका छन् ।

यस्तै आन्तरिक व्यवसायिक उडानमा पनि रोक लगाइएको छ भने अतिआवश्यक पर्ने सरकारी कार्यालयका कर्मचारीबाहेक अन्यलाई आवश्यकता पर्दा तत्काल उपस्थित हुनेगरी बिदा दिने निर्णय गरिएको छ ।
निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीलाई पनि बिदा दिन भनिएको छ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411