भोलिदेखि सरकारी कर्मचारीलाई घरमै स्ट्यान्डबाई राखेर कार्यालय बन्द गर्ने

सोमबार, चैत्र १०, २०७६ साल,
काठमाडौं । सरकारले कर्मचारीहरूलाई घरमा स्टयान्डबाई बस्ने गरी भोलिदेखि विदा दिने भएको छ।

कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उच्चस्तरीय समितिले भोलिदेखि अत्यावश्यकबाहेकका सबै सरकारी कार्यालय बन्द गरेर कर्मचारी घरमै बस्ने निर्णय गर्न लागेको स्रोतले जानकारी दियो।

त्यसो हुँदा कोरोना भाइरसको रोकथामका लागि बनेका विभिन्न समितिमा रहेका कर्मचारीमात्र कार्यालय गए पुग्छ।

‘सिंहदरबारमा पनि उच्च तहका कर्मचारी आउनुहुन्छ। अरू घरमै स्टान्डबाई बस्नुहुन्छ,’ स्रोतले भन्यो।

समितिको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411